२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, माघ ४ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ ।

निर्वाचन आयोगको बैठकले माघ ४ गते मध्यरातिदेखि आचारसंहिता लागु हुने निर्णय गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उहाँले बताउनुभयो ।

आचारसंहिताबारे आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की सहित मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराएका छन् ।

२०८२ माघ ५, सोमबार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।