२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालको लगातार जित

काठमाडौँ, कात्तिक २९ गते । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हरायो । यसअघि पहिलो खेलमा श्रीलङ्कालाई हराएको नेपालले दोस्रो खलमा भारतसँग हार खेपेको थियो ।

जितका लागि अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विनिता सोमाईले अविजित ५६ रन बनाउनुभयो । यस्तै मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन बनाउनुभयो ।

बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाउनुभयो । बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट लिनुभयो ।

अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए । जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । अस्ट्रेलिया पाँचौँ स्थानमा छ  ।

२०८२ कार्तिक ३०, आईतवार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।