काठमाडौं कार्तिक १३ । भदौ २३ गतेको जेनजी आन्दोलनमा काठमाण्डौमा १९ जना र इटहरीमा २ जना गरी एकै दिन २१ जनाको मृत्यु भयो । त्यसपछि २४ गतेको प्रर्दशनमा ३ जना प्रहरीको पनि मृत्यु भयो । गोली लागेका आगलागीमा जलेका घाइते भएका र उपचारको क्रममा मृत्यु भएका गरी दुइ दिनेको आन्दोलनमा ७६ जनाको मृत्युभयो ।
यसरी मृत्यु भएका ४६ जनाको शव पोष्टमार्टमकालागी त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा ३९ जनाको पोष्टमार्टम गरी परिवारलाइ शव हस्तान्तरण भैसकेको त्रिवि शिक्षण अस्पतालको फरेन्सीक विभागले जनाएको छ । पोष्टमार्टम गरिएका प्राय सबैको कम्मर माथि केहीको टाउको र केहीको छातिमा गोली लागेको विभागका प्रमुख डा गोपाल चौधरीले वताउनु भयो ।


प्रदर्शनकाक्रममा भएका आगजनीमा शव पूर्ण रुपमा जलेकाको पोष्टमार्टम गर्न नसकिएको विभागको भनाइ छ । शव पहिचान हुन नसकेकोले डिएनए परिक्षण गर्नुपर्ने अवस्थामा रहेको त्यसको लागि प्रकृया भइरहेको विभागका प्रमुख डा चौधरीले जानकारी दिनुभयो ।
जलेका र घर र व्यापारिक तथा अन्य भवनबाट लडेर मृत्यु भएकाहरूको शव समेत पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सीक विभागमा लगिएको थियो । त्रिवि शिक्षण अस्पतामा पोस्टमार्टमका लागि पुर्याइएको ४६ शव मध्ये दुई वटा महिलाको र बाँकी सबै पुरुषको रहेको विभागले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




