२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

आजबाट यमपञ्चक शुरु; कुकर तिहार र लक्ष्मी पूजा सोमबार; भाइ टिकाको उत्तम साइत ११:३९ बजे

काठमाडौं कार्तिक १ गते । यस वर्ष यमपञ्चक अर्थात तिहार  कात्तिक १ गते शनिबारदेखि सुरु भएको छ। आजदेखि यमदीप दान, धन त्रयोदशी र धनतेरस पर्व पनि  परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस्तै कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्छ भने कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक स्नान र बेलुकी लक्ष्मीपूजा गरिनेछ। कात्तिक ४ गते मङ्गलबार गाई तिहार र गोवर्धन पूजा मनाइनेछ।

कात्तिक ५ गते बुधबार गोरु तिहार, म्ह पूजा र नेपाल संवत् ११४६ को नयाँ वर्ष मनाइनेछ।

नेवार समुदायले गर्ने गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ५ गते बुधबार सम्पन्न हुने छ। यस दिन नेपाल संवत् अनुसार नयाँ वर्ष पनि मनाइने छ र यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुनेछ। भाइटीका र नेवारी भाषामा भनिने किजापूजा कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा हुने छ। शास्त्रसम्मत् रूपमा दाजुभाइलाई ज्येष्ठको क्रमानुसार टीका लगाउनु पर्ने व्यवस्था रहेको समितिले जनाएको छ।

यमपञ्चक पर्वमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमदीप दान गर्ने परम्परा छ। यस क्रममा काग र कुकुरलाई यमदूतका रूपमा मिठा परिकार दिनु पर्छ, जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।

भाइटिकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउन शुभ साइत रहेको छ।

समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहेको छ। उनले सर्वसाधारणले भने मध्याह्नकालमा टीका लगाउन सक्ने बताएका छन्।

२०८२ कार्तिक १, शनिबार प्रकाशित 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।