२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

रवि लामिछानेलाई पुर्पक्षकालागि जेल पठाउन उच्च अदालतको आदेश

काठमाडौँ चैत २२- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश गरेको छ ।

यसअघि रुपन्देही जिल्ला अदालतले दिएको फैसला उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालत बुटवल इजालासले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै रवि लामिछाने पुन जेल जानुहुने भएको छ।

यसै गरी छविलाल जोशीलाई सम्बन्धमा भने यसअघि जिल्ला अदालत रुपन्देहीले गरेको थुनामा पठाउने आदेश सदर गरेको छ ।

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित 1 Minute 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।