२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

कुवेतसँग हा‍र्‍यो नेपाल; चारदेशीय टी-२० आई शृङ्खलाको उपाधि जित्नबाट चुक्यो नेपाल

काठमाडौँ चैत ३१- हङ्कङ्गमा भएको चारदेशीय टी-२० आई सिरिजको उपाधि कुवेतले जितेको छ ।

आज भएको फाइनल प्रतिस्पर्धामा कुवेतले नेपाललाई ३ रनले हराएको हो ।

कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पच्छाएको नेपाल ३ बल बाँकी हुँदा अल आउट भएपछि नतिजा कुवेतको पक्षमा गयो ।

लक्ष्य पछ्याउने क्रममा नेपालले १९ दशमलव ३ ओभरको खेलमा १ सय ७१ रन बनाएको थियो ।

सुरुवाती इनिङ फितलो भएपनि बसिर अहमदले पारी सम्हाल्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

आजको खेलमा बसरी अहमदले ८ चौका र ४ छक्काको मद्दतले ८० रन बनाउनु बाहेक अन्य खेलाडी खासै जम्न सकेनन् ।

कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए । कप्तान रोहित पौडेल ७ रनमा आउट हुँदा नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन जोडे ।

कुवेतका अनुदिपले ३, यसिन पटेल र नविनराज राजेन्दरनले २/२ विकेट लिएका थिए । त्यस अघि पहिलो इनिङमा कुवेतले ७ विकेटको क्षतीमा १ सय ७४ रनको योगफल तयार गरेको थियो ।

२०८१ चैत्र ३१, आईतवार प्रकाशित 1 Minute 36 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।