२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

तिनकुनेमा प्रदर्शनकारीले आगजनी गर्दा पत्रकार रजकको मृत्यु

काठमाडौँ, चैत १५ गते। शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ।

एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो । आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ।

आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताउनुभएको छ।

२०८१ चैत्र १५, शुक्रबार प्रकाशित 0 Minutes 28 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।