२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदै शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि पदबाट हटाउने निर्णय गरिएको कृषि तथा पशुपन्छि विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दनुभयो ।

उर्जा मन्त्रालयले पाँचौं पटक घिसिङलाई केही दिनअघि मात्रै स्पष्टीकरण सोधेको थियो । यसैगरी, बैठकले नेपाल स्टक एक्चेन्ज लिमिटेडको सिइओमा नारद लुइँटेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । आजको मन्त्रिपरिषद बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति पनि गठन गरेको छ ।

समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैगरी बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति पनि बनाएको छ ।

२०८१ चैत्र ११, सोमबार प्रकाशित 0 Minutes 27 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।