२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नेपाली महिला टोलीले आइतबारबाट युगान्डामा शृङ्खला खेल्ने

काठमाडौं फागुन २३ । नेपाली राष्ट्रिय महिला टोलीले युगान्डामा खेल्ने चारदेश सम्मिलित महिला टि-२० क्रिकेट शृङ्खला आइतबारबाट शुरु हुदैछ । चार देशीय महिला टी–२० शृङ्खलामा आइतबार नै आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्दैछ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । शृङ्खलामा सबै टोलीले एकअर्कासँग सामान दुई-दुई खेलेपछि लिग चरणको खेलबाट शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपालले दोस्रो खेल यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । शृङ्खला खेल्नका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली युगाण्डा गइसकेको छ ।

टोलिमा कप्तान बर्मा सहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा र विन्दु रावल छन् । यसंगरी सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट पनि टोलीमा छन् ।

युगान्डा जानुअघि नेपाली टोलिका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने बताउनुभएको थियो । त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताउनुभयो ।

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 1 Minute 50 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।