
काठमाडौं माघ २६ गते । इजरायल र हमासबीच भएको शान्ति सम्झौताको कार्यान्वयनको क्रममा आज हमासले आफ्नो नियन्त्रणमा रहेका थप तीन जना इजलायली बन्धकहरुलाई मुक्त गरेको छ । उनीहरु तीनै जनालाई हमास समूहले १६ महिना अघि गाजा क्षेत्रमा आक्रमण गरेसंगै बन्धक बनाएको थियो ।
हमास समूहले मुक्त गरेका तीन जना बन्धकको बदलामा इजरायलले आफ्नो नियन्त्रणमा रहेका १ सय ८३ जना बन्धकहरुलाई मुक्त गरेको छ । यि मध्ये १८ जनालाई इजरायल सरकारले मृत्युदण्डको सजाय तोकेको थियो ।



गत १९ जनवरीमा हमास र इजरायलबीच जारी युद्ध रोक्दै शान्ति प्रयासका लागि एकअर्काका नियन्त्रणमा रहेका बन्दीहरुलाई क्रमशः रिहा गर्दै जाने सहमति भएको छ ।
शान्ति सम्झौता यता दुबै समूहबाट गरी ३ सय ८३ जना बन्धक रिहा भइसकेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।