२०८२ असार २३ सोमबार
  • काठमाडौँ

पाइपलाइनमा आइपिओको चाङ; ५० अर्ब बढी मूल्य

काठमाडौं मंसिर २२ । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व विहीन बन्दा शेयर बजारमा प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।
धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनी आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन एफपिओ प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार कूल ४९ अर्ब ४८ करोड बराबरको आईपिओ पाइपलाइनमा छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनीको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपिओका लागि बोर्डको प्रक्रियामा छ ।

होटल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख बराबरको र ४० वटा जलविद्युत् आयोजनाले १६ अर्ब ४१ करोड ३० लाख बराबरको आइपिओ जारी गर्नका लागि बोर्डको प्रक्रियामा रहेका छन् ।

लगानी समूहअन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख बराबरको आइपिओ जारी गर्नका लागि पाइपलाइनमा छन् । उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड बराबरको आईपिओ निष्कासनको प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार जलविद्युत् समूहतर्फ सबैभन्दा धेरै ४० वटा कम्पनीले आइपिओ निष्कासनका लागि निवेदन दिएका छन् ।

 

२०८१ मंसिर २२, शनिबार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।