२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

स्थानीय तह उपनिर्वाचनः दलको जनमत परीक्षा; स्वतन्त्रकालागि २०८४ को पूर्वअभ्यास

काठमाडौं मंसिर १६ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्ममा सबै निर्वाचनस्थल र मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता निता पोखरेलले जानकारी दिनुभयो ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको पनि आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । ४४ वटा पद रिक्त रहेकामा ३ वटा पदमा चाँही निर्विरोध भैसकेको छ । काठमाण्डौको किर्तिपुर नगरपालिकामा नगरप्रमुख र दुइ वडा अध्यक्षको लागि उपनिर्वाचन भएको छ ।

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख तथा मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा अध्यक्षका लागि निर्वाचन भएको छ ।

त्यसैगरी दोलखाको गौरीशंकर गाउँपालिका, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका, हुम्लाको सर्केडाडा गाँउपालिका र स्वामी कार्तिक खापर गाँउपालिकाको उपाध्यक्ष पदको लागि उपनिर्वाचन भएको हो ।

एक मात्रै मतदानस्थल भएका १५ वटा वडा अध्यक्षको मतगणना मतदानस्थल रहेको ठाँउमा गर्ने र धेरै मतदानस्थल र केन्द भएको ठाउँमा स्थानिय पालिकामा सबै केन्द्रको मतपेटिका संकलन भएपछि मतगणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिएको छ ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धी रहेका छन ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।

२०८१ मंसिर १६, आईतवार प्रकाशित 0 Minutes 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।