
काठमाडौं मंसिर १५ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुँदैछ ।
लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।



नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गर्ने छन् ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बीनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ टोलीको सहभागीता रहेको छ । पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्नेछन् । पहिलो क्वालिफायर र इलिमिनेटर खेल पुस ३ गते हुनेछ ।
पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउदा पराजित टोलीले फाइनल प्रवेशको फेरी मौका पाउनेछ । इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुन्छ ।
पराजित टोली प्रतियोगिताबाट बाहिरिदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पुस ४ मा दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटर खेलमा विजयी टोलीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ ।
पहिलो क्वालिफायरको विजेता र दोस्रो क्वालिफायरको विजेताबीच पुस ६ गते पहिलो संस्करणको एनपिएल उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल पुस ६ गते मध्यान्ह १२ः१५ मा हुने क्यानको तालिकामा उल्लेख छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको त्रिवि मैदानमा नै हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।