२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

अफगानिस्तानलाई २-० ले हराउँदै नेपाल विजयी

काठमाडौं मंसिर १ । ताजिकिस्तानमा भएको मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई २-० गोल अन्तरले हराउदै नेपाल विजयी भएको छ । नेपाललाई जित दिलाउन जेलस्पीजंग कार्की र रोहित चन्दले समान एक-एक गोल गरे ।

डिफेन्डर रोहित चन्दले करियरकै पहिलो गोल गर्दै १३ वर्षपछि अफगानिस्तान विरुद्ध नेपालको जित सुनिश्चित गरे । ताजिकिस्तानको सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको खेलको दोस्रो हाफको  सुरूवातमै जेलस्पीजंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो पटक सन् २०१२ मा भएको एएफसी च्यालेन्ज कप  छनोटमा जित दर्ता गरेको थियो ।

नेपाल बुधबार भएको खेलमा भने घरेलु टोली ताजिकिस्तानसंग ४–० गोल अन्तरले पराजित भएको थियो ।

२०८१ मंसिर १, शनिबार प्रकाशित 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।