२०८२ असार २५ बुधबार
  • काठमाडौँ

एमाले मन्त्रीलाई मानव तस्करीमा संलग्न भन्दै दलको कारबाही; संगठित सदस्यता निलम्बन

काठमाडौं कार्तिक २४ । नेकपा (एमाले) कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीको संगठित सदस्य र राष्ट्रिय महाधिवेसन प्रतिनिधि परिषद सदस्यबाट निलम्बन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि पार्टी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै अधिकारीलाई निलम्बन गरिएको जानकारी गराउनुभएको हो ।

मानव तस्करीमा संलग्न भएको आरोपको शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न नेपाल सरकारलाई अनुरोध गर्दै अध्यक्ष खतिवडाले आरोपको अन्तिम निरुपण नभएसम्मका लागि निलम्बन गरिएको उल्लेख गर्नुभएको छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिकारीलाई तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिनुभएको थियो । लगतै मन्त्री पदबाट राजीनामा दिनुभएका अधिकारीले आफूले प्रहरीलाई सहयोग गरेको तर उक्त गिरोहमा संलग्न नरहेको जिकिर गर्दै आउनुभएको छ ।

प्रदेश सांसद अधिकारी मन्त्री भएका बेला अनुमति प्राप्त नगरीकनै जापान भ्रमणमा जानुभएको थियो । उहाँ नेपालबाट एक्लै जापानतर्फ जानुभएको थियो । तर मन्त्री अधिकारी हङकङ पुगेपछि उहाँसँगै अरु असम्बन्धित केही व्यक्तिहरु पनि सरकारी कर्मचारी हुँ भन्दै जापानतर्फ गएका थिए ।

जापानको कार्यक्रममा मन्त्री अधिकारीले अन्य व्यक्तिलाई लगेको विषयलाई लिएर कतिपयले उहाँमाथि मानव तस्करी गरेको आरोप लगाएक छन ।यसैबीच घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसंधान गरिरहेको छ ।

२०८१ कार्तिक २४, शनिबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।