२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा भाग लिन हवाइजहाज चार्टड गरेर आयो चिनियाँ टोली

काठमाडौं कार्तिक २३ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ शहरबाट ६४ जना धावक र अफिसियल गरी १ सय ३४ जना चार्टर्ड उडानमार्फत बिहीबार नै पोखरा आइसकेका छन् । प्रतियोगितामा चीनीँया नेपाली खेलाडी समेत गरेर १२ सय जनाको सहभागिता रहने आयोजक संस्थाहरुले जानकारी दिएका छन । प्रतियोगितामा सहभागी हुन पाउँदा आफूहरु उत्साहित बनेको चीनीयाँ धावकले प्रतिकृया दिएका छन । क्रस कन्ट्री दौड प्रतियोगिता बिभिन्न ४ बिधामा हुने कार्यक्रम रहेको छ ।

दौडका विधाहरुमा पुरुष र महिलातर्फका ५० किलोमिटर समूहगत दौड, ५० किलोमिटर व्यक्तिगत दौड, ५ किलोमिटर विद्यार्थी दौड र २ किलोमिटर ह्याप्पी रन अर्थात खुसी दौड रहेका छन ।

क्रस कन्ट्री दौड प्रतियोगिताका माध्यमबाट दुइ देशको सम्बन्ध विस्तार, नेपालको खेलकुदको बिकास र खेल पर्यटनको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको हिमालय टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताउनुभयो ।

पोखराको फेवाताल किनार बाराहीघाटबाट दौड प्रतियोगिता हुने कार्यक्रम रहेको छ । दौडका  समूह विजेताले ४ लाख ५८ हजार, उपविजेताले ३ लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान १ लाख ५२ हजार पाउनेछन् । ५० किलोमिटर पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट शुरु भएर राष्ट्रबैंक चोक, ड्यामसाइड, मट्टीखान, फेदीखोला, टाइगर हिल, पुम्दीभुम्दी, हुँदै पुनः बाराहीघाट आएर समापन हुनेछ ।

यसैबीच प्रतियोगितामा सहभागी हुन चीनबाट आएको टोलीले नेपालको खेलकुद परिषद्लाई खेल सामग्री तथा उपकरणहरु पनि सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि दुइ पटक पोखरामा यस प्रकारको प्रतियोगिता आयोजना भैसकेको छ ।

२०८१ कार्तिक २३, शुक्रबार प्रकाशित 0 Minutes 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।