२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

हमासका प्रमुख नेता इस्माइल हानियाको हत्या

काठमाडौँ, साउन १६ गते । हमासको उच्च स्तरका नेता इस्माइल हानियको इरानको राजधानी तेहरानमा भएको रकेट आक्रमणमा परी मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा हजबुल्लाह समुहका वरिष्ठ नेता मारिएको इजरेलले दावी गरेको एक दिनपछि हानियाको हत्या भएको हो ।

इरानी राष्ट्रपति मसुद पेजेश्कियानको शपथ ग्रहण समारोहमा भाग लिन हानिया तेहरान पुगेका बेला हत्या भएको हो ।

हानियासंगै उनका एकजना अंगरक्षक समेत मारिएको बताइएको छ । हमास र इजरायलबिच भइरहेको शान्तिवार्तामा हमास नेता हानिया मुख्य योजनाकारका रुपमा रहेका थिए । प्

यालेष्टिनी समुहको राजनीतिक दलका रुपमा रहेको हमासको प्रमुख नेताका रुपमा रहेका हानिएका तीन छोरा र चारजना नातिनातिना अप्रिल महिनामा इजरेलले गरेको कारवाहीमा मारिएका थिए ।

यसैबीच इरानले हानियाको हत्या भएको भन्दै यसको बदला लिने प्रतिक्रिया दिएको छ । इरान र हमास दुबैले हानियाको हत्या इजरायलले गराएको दावी गरेका छन् ।

यद्यपी इजरायलले भने यस बारेमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन् ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 0 Minutes 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।