२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

रातो मछिन्द्रनाथको रथ यात्रा लगनखेलबाट जावलाखेलमा

काठमाडौं साउन १७ । बर्षा र सहकालको देवताका रुपमा पुजिदै आएको ललितपुरको रातो मछिन्द्रनाथको रथ यात्राका क्रममा रथलाई तानेर आज लगनखेलको थती टोलबाट जावलाखेल पुर्याइएको छ ।

देशकै सबैभन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मछिन्द्रनाथको गत बैशाख २९ गते पूल्चोकबाट सुरु गरिएको रथ यात्रा करिब ३ महिना पछि जावलाखेल पुर्याइएको हो ।

रथ यात्राको अन्तिम दिन आज काठमाण्डौको कीर्तिपुर पाङ्गा मच्छेगाँउ बोसी गाँउ लगायत सात गाँउका मानिसहरुले मछिन्द्रनाथको रथ तान्नु पर्ने परम्परा अनुसार सात गाँउले मिलेर रथलाई तानेर जावलाखेल पुर्याएका हुन् ।

मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने जात्रा गरिन्छ यसरी भोटो देखाउने कार्य सम्पन्न भए पछी मछिन्द्रनाथको मूर्तिलाई बिशेष प्रकारको खटमा राखेर बाजागाजा सहित बुङ्गमतीमा पुर्याइएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।

२०८१ श्रावण १७, बिहीबार प्रकाशित 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।