२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

तीन प्रदेश प्रमुख एकैसाथ पदमुक्त; तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं साउन १६ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको यहि साउन १४ गते बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई आजै पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 0 Minutes 65 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।