२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

हमास नेताको इरानमा हत्या; बदला लिने इरानको चेतावनी

काठमाडौं, साउन १६ । हमासको उच्च स्तरका नेता इस्माइल हानियको इरानको राजधानी तेहरानमा भएको रकेट आक्रमणमा परी मृत्यु भएको छ। लेबनानको राजधानी बेरुतमा हजबुल्लाह समुहका वरिष्ठ नेता मारिएको इजरेलले दावी गरेको एक दिनपछि हानियाको हत्या भएको हो ।

इरानी राष्ट्रपति मसुद पेजेश्कियानको शपथ ग्रहण समारोहमा भाग लिन हानिया तेहरान पुगेका बेला हत्या भएको हो । हानियासंगै उनका एकजना अंगरक्षक समेत मारिएको बताइएको छ । हमास र इजरायलबिच भइरहेको शान्तिवार्तामा हमास नेता हानिया मुख्य योजनाकारका रुपमा रहेका थिए ।

प्यालेष्टिनी समुहको राजनीतिक दलका रुपमा रहेको हमासको प्रमुख नेताका रुपमा रहेका हानिएका तीन छोरा र चारजना नातिनातिना अप्रिल महिनामा इजरेलले गरेको कारवाहीमा मारिएका थिए । यसैबीच इरानले हानियाको हत्या भएको भन्दै यसको बदला लिने प्रतिक्रिया दिएको छ ।

इरान र हमास दुबैले हानियाको हत्या इजरायलले गराएको दावी गरेका छन् ।

यद्यपी इजरायलले भने यस बारेमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन् ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 0 Minutes 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।