२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नेपालमा हालसम्म ६९ वटा हवाइ दुर्घटना; ९ सय १८ जनाको मृत्यु

काठमाडौँ, साउन ९- नेपालमा हावाइ यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन् । नेपाली आकाशमा घटेका साना- ठुला हवाइ दुर्घटनामा ९ सय १८ जना ज्यान गएको छ।

विश्वभर हुने हवाइ दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एयरक्रफ्ट एक्सिडेन्ट अर्काइभ (विविएए) का पहिलो पटक सन मानविय क्षति हुने गरी सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

विविएएका अनुसार नेपालमा भएका ६९ हवाइ दुर्घटना मध्ये सबै भन्दा बढी मानविय क्षति सन १९९२ मा ललितपुरमा  पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो । जुन दुर्घटनामा १६७ जनाको ज्यान गुमाएका थिए ।

आज विहान मात्र सौर्य एअरलाइन्सको  विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ । आज भएको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ विमान दुर्घटना हो ।

२०८१ श्रावण ९, बुधबार प्रकाशित 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।