
काठमाडौं बैशाख ३० । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर नयाँ रेकर्ड बनाउनु भएको छ ।
पर्वतारोही शेर्पाले यस अघि आफैले बनाएको रेकर्ड तोड्नु भएको हो । गत बर्षको जेठ ९ गते कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा पुग्नु भएको थियो । त्यसबेलामा पनि उनले आफ्नै २७ औ रेकर्ड तोड्नु भएको थियो। नेपालको सोलुखुम्बुको थामे गाउँमा जन्मनु भएको कामीरिता शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बन्नु भएको छ ।



२०२६ साल पुष १८ गते जन्मिएका शेर्पाले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आउनु भएको छ।
उहाँले विश्वको दोस्रो अग्लो चुचुरो पाकिस्तानको केटु सहित नेपालमा रहेका ८ हजार मिटर माथिका चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरूको पनि सफल आरोहण गर्नुभएको छ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।