२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

स्थानीय तहको दोस्रो कार्यकालको दुई वर्ष; काम भन्दा भ्रष्टाचार धेरै

काठमाडौं बैशाख २९ । स्थानीय तहको दोस्रो कार्यकालको दूइबर्ष पूरा भएको छ । विज्ञहरु तीन तहको सरकार मध्य सबैभन्दा प्रभावकारी काम स्थानीय सरकारले नै गरेको बताउछन् ।

स्थानीय कार्यकारी अधिकार प्राप्त पालिकाको दोस्रो निर्वाचनसंगै हाल ३८ हजार जनप्रतिनिधि शासकीय नेतृत्वमा छन् । देशभर रहेका ६ हजार सात सय ४३ वटा वडा नागरिकसंग प्रत्यक्ष जोडिने निकाय हुन् ।

संघीयता लागु भएसंगै गाँउ गाँउमा सिंहदरबार भनेर नारा दिएपनि धेरै पालिकाहरुमा कर्मचारी व्यवस्थापन तथा कानूनको अभावले तोकेको अधिकार समेत लागु गर्न पाएका थिएनन् ।

तर दोस्रो कार्यकालमा भने धेरै पालिकाहरुले आफैले कानून निर्माण गरी स्थानीय स्रोत साधनको उपयोग र हावापानी सुहाउदो व्यवस्था लागु गरेका छन् ।

यद्यपी पालिकाहरुमा आर्थिक अनिमितताका विषय निकै उठ्ने गरेको छ ।

सात सय ५३ वटै पालिकाले नयाँ नेतृत्व पाएको यो दुइ बर्षको अवधिमा केही जनप्रतिनिधि निलम्बनमा परेका छन् भने केहीले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

२०८१ बैशाख २९, शनिबार प्रकाशित 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।