२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

आफ्ना कुटनीतिज्ञको इजरायलमा हुने सबै भ्रमणमा रोक लगाउने अमेरिकी निर्णय

काठमाडौं चैत ३० गते । अमेरिकाले आफ्ना कुटनीतिज्ञहरुलाई इजरायलमा हुने सबै किसिमको भ्रमणमा प्रतिवन्ध लगाएको छ । इरानको तर्फबाट हुनसक्ने संभावित आक्रमणको अनुमान गर्दै अमेरिकी सरकारले इजरायलस्थित आफ्नो दूतावासका कर्मचारीहरुलाई इजरायलमा हुने भ्रमणमा रोक लगाएको हो ।

इजरायलस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरुलाई जेरुसेलन तेल अभिभलगायत क्षेत्रहरुमा भ्रमण नगर्न सचेत गराएको विविसीले उल्लेख गरेको छ । ११ दिन अघि सिरियास्थित इरानको दूतावासमा इजरायलले आक्रमण गरेको भन्दै इरानले त्यसको बदला लिने बताइरहेका बेला अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरुको सुरक्षामा चासो व्यक्त गरेको हो ।

उक्त आक्रमणमा १३ जना मारिएका थिए । मारिने मध्ये सिरिया र लेवनानमा सक्रिय इरानी सेनाका एक कमाण्डर पनि थिए । एक सय भन्दा बढि ड्रोन, र मिसायल सहित आक्रमण भएको सिरियाले बताएको छ ।

हमास र मध्य पूर्वमा सक्रिय हजबुल्लाह पृथकतावादी समूहलाई लक्षित गरेर आक्रमण बढाइरहेको इराजयलले नै उक्त आक्रमण गराएको इरान लगायतको दाबी छ । इजरायलले भने हालसम्म उक्त आक्रमणको जिम्मा लिएको छैन् ।

केहि दिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो वाइडेनले कुनै किसिमको आक्रमणको योजनालाई सफल हुन नदिने भन्दै त्यस्तो नगर्न इरानलाई सचेत बनाउनुभएको थियो । इरानले भने उक्त घटनाको बदला लिने बताइरहेको छ ।

२०८० चैत्र ३०, शुक्रबार प्रकाशित 0 Minutes 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।