२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली यु-१९ टोलीको पहिलो अभ्यास खेल

काठमाडौं पुस २३ । यु-१९ विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले आज स्कटलयाण्ड संग पहिलो अभ्यास खेल खेलेको छ ।

आजको खेलमा अलराउण्डर गुलशन झाको शतकीय पारी खेले पछि नेपालले स्कटल्याण्डलाई २ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभर खेल्दै २ सय ८४ रनको योगफल बनाउन सफल भयो ।

नेपालको पारीमा १ सय १५ बल खेलेका गुलशनले १ सय १४ रनको बनाउन सफल भए । यसैगरी दिपक बोहराले पनि ५८ रनको अर्धशतकीय पारी खेले । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

२०८० पुष २३, सोमबार प्रकाशित 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।