२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

कोरोनाको नयाँ भेरियन्ट पुष्टि; सात जनामा जेएन वानको संक्रमण

काठमाडौं पुस २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.वान देखिएको जानकारी दिनुभयो ।

मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।

मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ भने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।

नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।