२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

भारतले पठाएको आदित्य एल-१ सूर्य नजिक पुग्यो

काठमाडौं पुस २१ । सूर्यको अध्ययन गर्नकालागि भारतले अन्तरिक्षमा पठाएको यान निर्धारित स्थानमा पुगेको भारतीय अन्तरिक्ष अध्ययन केन्द्र इसरोले जनाएको छ ।

गत बर्षको सेप्टेम्बर २ तारिखमा छोडिएको अन्तरिक्ष यान आदित्य एल वन चार महिनाको यात्रापछि निर्धारित ठाउँमा पुगेको हो । इसरोका अनुसार सूर्य र पृथ्वी दुबैको गुरुत्वाकर्षण शक्ति अत्यन्तै न्यून हुने बिन्दुमा यान पुगेको छ ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराएको केहि दिन पछि नै सूर्यको अध्ययन गर्नकालागि रकेट प्रक्षेपण गरिएको थियो ।

यान आदित्यले पृथ्वीकै गतिमा सूर्यको परिक्रमा गर्दै सूर्यमा आउने आँधी, सूर्यको पृथ्वीबाट देखिने भाग लगायत विभिन्न अध्ययन गर्नेछ ।

पृथ्वी र सूर्यबीचको दूरीको १ प्रतिशतले हुन आउने करिब १५ लाख किलोमिटर मात्र यात्रा गरेको आदित्य एलवनका केही उपकरणहरुले काम गर्न शुरु गरिसकेको पनि इसरोले जनाएको छ ।

२०८० पुष २१, शनिबार प्रकाशित 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।