२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

आज चन्द्र ग्रहण; शास्त्रले निषेध गरेका कुरा वर्जित

काठमाडौं कार्तिक ११ । आश्विन शुक्ल पूर्णिमाका दिन आज  खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज राति १:१९ बजे ग्रहणको स्पर्शकाल शुरु समितिले जनाएको छ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

ग्रहण राति लाग्ने भएपनि चन्द्रग्रहणको सुतक भने दिउँसोबाटै लाग्ने समितिले जनाएको छ ।

आज दिउँसो ४:१९ बजेदेखि नै गरहणको सुतक सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । सुतक भएदेखि नै शास्त्रले निषेध गरेका काम र क्रियाहरु गर्न वर्जित रहेको डा भट्टराईको भनाइ छ ।

ग्रहणको सुतक सुरु भएपछि मोक्ष नभएसम्म बालक वृद्ध र अशक्तबाहेक अन्यलाई भोजन वर्जित छ । ग्रहणका बेला जप तप र दान गर्नु उचित हुने शास्त्रको वचन रहेको धर्मशास्त्रविदहरु बताउँछन् ।

यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।