२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

अपराजित नेपाल फाइनलमा हार्यो; युएइले जित्यो उपाधि

काठमाडौं कार्तिक १० । आफ्नै मैदानमा भएको तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको लिग चरणमा अपराजित रहदै चार खेल जितेर फाइनलमा पुगेको नेपाल उपाधी भिडन्तमा भने संयुक्त अरव इमरेट्ससंग पराजित भएको छ ।

आज भएको अन्तिम खेलमा नेपाललाई ४ विकेटले हराउदै युएइले उपाधी जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले अर्धसतकिय पारी खेलेका थिए ।

करण केसी २१, दिपेन्द्र सिंह ऐरी २० र कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । १ सय ६३ रनको विजय लक्ष्य पच्छाएको युएइले १ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो । खेलमा युएइले ६ विकेटको क्षतीमा १ सय ६७ रन बनाउन सफल भयो ।

युएइका मोहम्मद वासिमले सर्वाधिक ४५ रन बनाएका थिए । व्रित्या अरविन्दले २६ र अर्यानास शर्माले २५ रनको पारी खेलेका थिए ।

खेलमा अविनास बोहरा र गुलसन झाले २/२ विकेट लिएका थिए ।

२०८० कार्तिक १०, शुक्रबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।