२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

हमास विरुद्ध इजरायलको कडा सैन्य कारवाही; इरानको चेतावनी

काठमाडौं कार्तिक ६ । इजराइलले हमासलाई समाप्त गर्ने गरि सैन्य कारवाही शुरु गरेको जनाएको छ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँगको युद्ध गर या मरको अवस्थामा रहेको भन्दै युद्ध रोक्न नसकिने बताउनु भयो ।

यसै गरी इजराइली रक्षा मन्त्री योभ ग्यालान्टले गाजामा शुरु भएको सैन्य अभियान एकदेखि तीन महिना लाग्न सक्ने तर अन्त्यमा हमासको अस्तित्व समाप्त हुने बताउनु भयो ।

इजरायली वायुसेनाको अपरेसन कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा अपरेशनल ब्रीफिङपछि ग्यालान्टले सो कुरा बताउनु भएको हो ।

साथै गाजामा हमासलाई सिध्याउने यो नै अन्तिम युद्ध हुने पनि रक्षामन्त्री ग्यालान्टको भनाइ छ ।

यसै बीच छिमेकी मुलुक इरानले इजराइल र अमेरिकालाई चेतावनी दिंदै तत्काल इजराइलले सैन्य कारवाही बन्द नगरे मध्यपूर्व नै नियन्त्रण बाहिर जान सक्ने जनाएको छ ।

२०८० कार्तिक ६, सोमबार प्रकाशित 0 Minutes 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।