२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

इजरायलमा मारिएका ४ जनाको शव आइतवारसम्म नेपाल आउने

काठमाडौं कार्तिक ३ । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये ४ जनाको शव पर्सि आइतबार बिहान काठमान्डौ आइपुग्ने गरी इजरायलबाट पठाइने भएको छ ।

सम्पूर्ण कानुनी प्रकृया पूरा भैसकेका नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेश राज बिष्ट र आशिष चौधरीको शव स्थानीय समयअनुसार भोलि दिउँसो १ बजेर २५ मिनेटमा इजरायलबाट पठाउने र दुबई हुँदै पर्सि ५ गते विहान काठमान्डौ आइपुग्ने इजरायलस्थित नेपाली राजदूताबासले जनाएको छ ।

इजरायलबाट फ्लाइ दुबइको जहाजमा दुबई हुँदै शवहरु काठमान्डौ ल्याउने व्यवस्था मिलाइएको हो । बाँकी शवहरुको पहिचानको काम भैरेहको र उपलब्ध सम्पूर्ण संयन्त्रहरुको प्रयोग गरेर सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य भैरहेको पनि दुताबासले जानकारी दिएको छ ।।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।