
काठमाडौं कार्तिक २ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणकाबेला हृदयघात भएको छ । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बीआरएफ’मा सहभागी हुन चीनको बेइजिङमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गए राति हृदयघात भएको हो । छातीमा दुखाइ भएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको र उहाँको मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।
उहाँको अवस्था सामान्य रहेको उहाँ उपचाररत रहनुभएको अस्पतालले जनाएको छ ।



बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।