२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

राष्ट्र संघका महासचिव गुटेरेस कार्तिक १२ मा नेपाल आउने

काठमाडौं कार्तिक २ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिवसीय औपचारिक भ्रमणका क्रममा यही कार्तिक १२ गते नेपाल आउनुहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा महासचिव गरटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटेरेसको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसअघि गत असोज २६ गते नेपाल भ्रमणमा आउनलाग्नु भएका महासचिव गटेरेसको भ्रमण हमास समूहले इजरायलमा आक्रमण गरपछि शुरु भएङ्को युद्धका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न अमेरिका भ्रमणमा जानुभएका प्रधानमन्त्री प्रचण्डले महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

२०८० कार्तिक २, बिहीबार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।