२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

सुरक्षित स्थानको खोजीमा प्यालेष्टिनीहरु भाग्दै; जमिनबाट पनि आक्रमण गर्ने इजरायली सेनाको तयारी

काठमाडौं, असोज २७ गते । इजराइल–हमास द्वन्द्वको मारमा परेका प्यालेस्टिनी नागरिक सुरक्षित स्थानको खोजीमा भाग्न थालेका छन् । जमिनबाट आक्रमण बढाउने भन्दै इजरायली सेनाले उत्तरी क्षेत्र खाली गर्न भनेपछि त्यहाँ बसिरहेका हजारौं प्यालेस्टिनीहरु तुलनात्मक रुपमा सुरक्षित ठानिएको दक्षिण क्षेत्रतर्फ भागेका छन् ।  इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उनले भने ।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको पनि बताएका छन् । उनको यो भनाइलाई बल पुग्ने गरी हमास नेताहरुले इजरायली सेनाको दवाव स्विकार नगर्न र डटेर सामना गर्न आह्वान गरेका खबरहरु पनि आइरहेका छन् । हमास विद्रोही नेताहरुले गाजापट्टीका नागरिकलाई युद्धको सामना गर्न भनिरहेका छन् ।

“अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद लागेछ,” लेफ्टिनेन्ट कर्णेल कनरिकसले भनेका छन् ।

उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने पनि बताएका छन् ।

२०८० आश्विन २७, शनिबार प्रकाशित 0 Minutes 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।