२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं, भदौ २८ गते । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गर्नुभयो ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरू, एमालेका नेताहरू आर्यघाट पुग्नुभएको छ । पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्वाङको भदौ २६ गते मंगलबार बिहान १:५० बजे निधन भएको थियो ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभयो । सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरू, सांसदहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।

२०८० भाद्र २८, बिहीबार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।