
काठमाडौं भदौ १८ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले आज भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
टस हारेर शुरुवाती ब्याटिङ गरेको नेपाललले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको थियो ।



तर भारतको पारि शुरु भएङ्को केहि बेरमा नै वर्षाले खेल प्रभावित बनाएपछि नेपालले दिएको लक्ष्य र ओभरलाई घटाएर भारतलाई नयाँ लक्ष्य दिइएको छ । अब भारतले २३ ओभरमा १४५ रनको चूनौति पाएको छ ।
यसअघि श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए ।
उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । त्यसैगरी सोमपाल कामी ४८ रनमा आउट भए ।
अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल पाँच रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी २९ गुल्सन झा २३ सन्दीप लामिछाने नौ भीम सार्की सात कुशल मल्ल दुई रनमा आउट भए ।
यसैगरी ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।
नेपाल विरुद्ध भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन-तीन विकेट लिए भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक- एक विकेट लिए ।
भारतको पारि शुर भएको केहि बेरमा वर्षा भएपछि खेल अवरुद्ध भएको छ । यस खेलमा जित हात पार्ने टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।