२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

सामाखुशी खोलाले बगाएका साजन अझै वेपत्ता

काठमाडौं, श्रावण ८ । काठमाडौं सामाखुशी खोलाले बगाएर आईतबार बेपत्ता भएका भोजपुरका १३ वर्षिया साजन बुढा मगर अझै भेटिएका छैनन् । सोमबारमात्रै सुरक्षाकर्मीको टोलीले ढल्कुदेखि चोभारसम्म मगरको खोजी गरेपनि भेट्याउन भने सकेनन् ।

यो घट्नालाई नै जोडेर प्रहरीले खोला अधिग्रहण गरी वस्ती तथा सडक, बाटो घाटो बनाइएकै कारण मानिस खोलामा परि हालेपनि नभेटिने र उद्धार गर्न समेत हम्मेहम्मे पर्ने गरेको जनाएको छ ।

काठमाडौ उपत्यकाका खोलानाला तथा सडक र पुलपुलेसाको संरचनाहरु अधिग्रहण हुंदा मानिसका लागि नै जोखिम बढाएको छ । खोला अतिक्रमण गरी आफू खुशी जथाभावी संरचना निर्माण गर्ने, सार्वजनिक स्थान अतिक्रमण गरी अव्यवस्थित बस्ति बसाल्ने र खोलाको वहावमा अवरोध हुनेगरी बाटोघाटो निर्माण गर्ने प्रवृत्तिले कतिपय विपदमा थप समस्या खेप्नुपर्ने अवस्था छ । यस्को पछिल्लो उदाहरण आईतबार साँझ रानीबारीस्थित सामाखुशी खोलाले बगाएको एक बालक बनेका छन् ।

भोजपुर चम्के स्थायी ठेगाना भई भानुभक्त मेमोरियल स्कूल पानीपोखरीमा अध्ययनरत १३ वर्षिया बालक साजन बुढा मगरलाई आईतबार साँझ सामाखुशी खोलाले बगाएको थियो ।

बेपत्ता मगरको उद्धारका लागि सुरक्षाकर्मीका साथै स्थानीयले खोला किनारा सबैतिर खोजी जारी राखेको भएपनि हालसम्म भेट्टाएका छैनन् । प्रत्यक्षदर्शीका अनुसार, खोलामा पानीको वहाव बढेको र खोलाको भाग समेत छोपिएकोले उद्धार तथा खोजी कार्यमा कठिनाई भएको छ ।

उद्धार गर्ने क्रममा सोमबार बिहानैबाट ढल्कुदेखि चोभारसम्म प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयले खोज तलास कार्यलाई जारी राखेको काठमाडौं उपत्यका कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।हुन त उपत्यकामा भएको यो घट्ना पहिलो भने होईन ।

नेपाल प्रहरीका अनुसार विगत तीन वर्ष यता, खोला डुबानमा परी उपत्यकामा मात्रै ३९ जनाले ज्यान गुमाएका छन् । खोला अधिग्रहण गरी वस्ती तथा सडक, बाटो घाटो बनाइएकै कारण दुर्घटनावश मानिस खोलामा परि हालेपनि नभेटिने र उद्धार गर्न समेत हम्मेहम्मे पर्ने गरेको अनुभव प्रहरीको छ ।

हुन त समयअघिदेखि काठमाडौं महानगरपालिकाले शहरीकरण व्यवस्थित गर्ने क्रममा खोला अधिग्रहण गरि बसाईएका टहरा तथा बस्तीहरु हटाउन थालेको छ । शहरी सुन्दरता बढाउदै व्यवस्थित शहरीकरणको प्रकृयालाई अघि बढाउन महानगरका साथै सम्वद्ध सबै निकायवीच एकिकृत विकासका लागि समन्वय आवश्यक देखिएको छ ।

२०८० श्रावण ८, सोमबार प्रकाशित 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।