
काठमाडौं जेठ १३ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।



आजको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।