२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नेपाल समूह ‘ए’ मा

काठमाडौं जेठ ९ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । असार ३ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक टोली जिम्बावेसँग खेल्नेछ ।

नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलङ्का, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स युएई छन् ।

आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने सो प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् ।

समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ क्यानले हिजो २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।