
हेटौडा जेठ ७ । बागमती प्रदेशका छजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरु उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।



त्यस्तै लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री र रामकृष्ण चित्रकारले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिनुभएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।