२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

साउथह्यामटन रेलिगेशनमा जाने निश्चित; घटुवाबाट बच्न क्लवहरुको प्रयास

काठमाडौं जेठ ३ । इङ्लिस प्रिमियर फुटबल अन्तरगत जारी लिगमा रेलिगेशनबाट बच्न क्लवहरुले प्रयास गरिरहेका छन् । २० टोली सहभागी लिगमा अंक तालिकाको पुछारमा रहने तीन वटा क्लव रेलिगेशनमा परेर दोस्रो श्रेणीमा घटुवा हुनेछन् ।

हालसम्मको खेलिएको ३६ वटा खेलबाट २४ अङ्क मात्रै बनाएको साउथह्यामटन क्लव रेलिगेशनमा जाने निश्चित भइसकेको छ । बाँकी दुई टोली कुन हुने भन्ने अब बाँकी खेलले निर्धारण गर्नेछ ।

अंक तालिकामा साउथह्यामटन २०औं स्थानमा रहँदा लेस्टर १९ ओं लिड्स युनाइटेड १८ ओं र उभरटन १७औ स्थानमा छन् ।

अन्तिम ६ क्लवहरुबीच चार अङ्कको मात्रै दूरी रहेकोले पनि रेलिगेशनको भिडन्त रोचक हुनेछ ।

इङ्लिस फुटबलको शीर्ष तहको लिग प्रमियर लिगबाट घटुवामा पर्नेले दोस्रो श्रेणीको इङ्लस फुटबल लिग खेल्नेछ ।

प्रमियर लिगमा ८५ अङ्क सहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ । लिगमा कुल ३८ खेलमा ३८० प्रतिस्पर्धा हुनेछ ।

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।