
काठमाडौं बैशाख ६ । काठमाडौंमा भइरहेको एसीयन क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा बुधवार भएका खेलमा युएई र ओमान विजयी भएका छन् ।
आ-आफ्नो समूह अन्तरगत भएका खेलमा युएईले कुवेलाई र ओमानले कतारलाई पराजित गरेका हुन् ।



समूह बी अन्तरगतको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गरेको छ । त्रवि मैदान किर्तिपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनाउन सफल भएको थियो ।
युएईले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भएको थियो ।
जितसँगै युएई समूह बी मा २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराजित कुवेत भने अंक तालिकाको चौथो स्थानमा छ ।
यसैगरी आजै मुलपानी मैदानमा भएङ्को खेलमा ओमानले कतारलाई ४० राने हराउन फल भयो ।
सुरुआती व्याटिङ गरेको ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७ दशमलव २ ओभरमा अलआउट हुदै २०९ रनमा समेटिएको थियो ।
यो जितसंगै ओमान दुई अंक सहित दोस्रो स्थानमा रहेको छ ।
हिजो भएको उद्घाटन खेलमा नेपालले मलेशियालाई पराजित गरेको थियो ।
एशिया कप खेल्ने टोली छनोट गर्न आयोजना गरिएको प्रतियोगिता वैशाख १८ गते सम्म संचालन हुनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।