
काठमाडौं बैशाख ४ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो ।



उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।