२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

विमान चार्टर गरी १८० चिनियाँ पर्यटक नेपाल आए; विमानस्थलमै पुगेर पर्यटन मन्त्रीले गरे स्वागत

काठमाडौँ, चैत ३० गते । एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक बिहिवार काठमाडौं आएका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नवआगन्तुक पर्यटकहरुको टोलीलाई विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।

बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर मन्त्री किराती सहितको टोलीले स्वागत गर्नुभएको हो ।

चिनियाँ पर्यटनलाई चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले समेत स्वागत गरेको थियो ।

कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।