२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौं चैत्र १७ ।  अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे ।
तर खेलको २४औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक÷एक गोेलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो ।
खेलको ८७औँ मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उनले अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए ।
उनले दुई सय ५० अमेरिकी डलर पाए ।
त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे ।
प्रतियोगिताको विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा नेपालसहित लाओस र भुटानको सहभागिता रहेको थियो ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।