
काठमाडौं, पुष ६ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।
बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिनुभयो ।



पार्टी सभापतिसमेत रहनुभएका देउवाले ६४ र थापाले २५ मत पाउनुभयो ।
सभापति निर्वाचित भएसँगै सभापति देउवालाई पुनः प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।