
काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले सुकुम्बासी वस्ती हटाउन गरेको प्रयासमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी प्रति महानगर प्रमुख बालेन्द्र साहले असन्तुष्टि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाएको भन्दै महानगरपालिकाको आलोचना गर्नुभएको थियो ।
उहाँको आलोचनाको जवाफ सामाजिक सञ्जाल मार्फत दिनुहुदै प्रमुख बालेन्द्रले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएको छ ।



आफ्नो अभियानमा यस किसिमका प्रतिक्रियाको अपेक्षा थियो भन्दै बालेन्द्रले प्रधानमन्त्री हुँदा पनि ओलीले सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता नाम दिएर आफु अनुकुल प्रयोग गराउन खोजेको भन्दै महानगर प्रमुख बालेन्द्रले अब समय फेरिएको र महानगरको हराएको पहिचान फर्काउने आफ्नो अभियान निरन्तर रहने पनि बताउनुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।