२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

सरकार गठन गर्न गठबन्धनलाई सातै प्रदेशमा सुविधाजनक बहुमत

काठमाडौं, मंसिर ११ । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन्।
प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये ४४ निर्वाचन क्षेत्रको परिणाम आएको छ। एमालेले २२ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। कांग्रेसले १३ सिटमा जित र चार स्थानमा अग्रता लिइरहेको छ। माओवादी केन्द्रले छ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ। एकीकृत समाजवादीले एक सिटमा जित र दुई स्थानमा अग्रता लिइरहेको छ।
मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६१ सिटको नतिजा सार्वजनिक भएको छ। कांग्रेसले १३ सिट जितेको छ। एमालेको १३ मा जित र दुई सिटमा अग्रता छ। जसपाले आठ सिटमा जित र एक सिटमा अग्रता लिइरहेको छ। लोसपाले सात सिट जितेको छ। जनमत पार्टीको ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ सिट जितेका छन्। सत्ता गठबन्धन समर्थितसहित छ जना स्वतन्त्र निर्वाचित भएका छन्।
बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ मध्ये ६२ सिटको नतिजा सार्वजनिक हुँदा कांग्रेसले २३ सिटमा जित हाशिल गरेको छ ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 0 Minutes 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।